Logo

राजनीति

एक एआइजी र ५ डिआइजीको दरबन्दी थप्ने निर्णय, प्रतिस्पर्धामा को को छन् ?



सरकारले नेपाल प्रहरीमा एकजना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र ५ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)को दरबन्दी थप गर्ने निर्णय गरेको छ। गृह मन्त्रालयको प्रशासन महाशाखाका प्रमुख थानेश्वर गौतमका अनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दरबन्दी थप गर्ने निर्णय गरेको हो।

थप गरिएको एआईजी पदमा बढुवाका लागि डीआईजीहरु विश्वराज पोखरेल, सहकुलबहादुर थापा र धीरजप्रताप सिंह प्रतिष्पर्धामा छन्। पोखरेल महानगरीय प्रहरी कार्यालय, रानीपोखरी, थापा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र सिंह प्रदेश नं. २ प्रहरी कार्यालयमा कार्यरत छन्।

यसअघि हरिबहादुर पाल, निरज शाही र प्रद्युम्न कार्कीको एआईजीमा बढुवा भएपछि तीन डीआईजीको दरबन्दी खाली थियो। थपिएकोसँगै ८ वटा दरबन्दी खाली भएको छ।

त्यसमा गणेश ऐर, पुरुषोत्तम कँडेल, दिवेश लोहनी, देवबहादुर बोहरा, दिलिप चौधरी, राजेशलाल कर्ण, सौरभ राणा र रामकृपाल शाह, उमेश रञ्जित, सुशीलकुमार यादव, मुकुन्द आचार्य, हरिराज वाग्ले, पूजा सिंह, विक्रम चन्द, नलप्रसाद उपाध्याय, देवबहादुर बोगटी, मोहन आचार्य, राजेन्द्र चौधरी, नरबहादुर खत्री र मोहमद आलम खाँले प्रतिष्पर्धा गर्नेछन्।

दरबन्दी थप भएसँगै रिक्त दरबन्दीको लागि प्रहरी प्रधान कार्यालयले बढुवा प्रक्रिया अगाडि बढाएको छ।

प्रकाशित मिति : मंसिर ५, २०७७ शुक्रबार  २ : ३७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।