Logo

राजनीति

नारायणकाजीको वक्तव्यप्रति सूर्य थापाको आपत्ति- गज्जब छ गुटगत वक्तव्यबाजी



शनिबार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे सहभागी कार्यक्रममा दुर्व्यवहार भएको भन्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले वक्तव्य दिएको भन्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आपत्ति जनाएका छन् । 

थापाले प्रवक्ताले गुटगत वक्तव्यबाजी गरेको भन्दै आपत्ति जनाएका हुन् । प्रधानमन्त्रीको सल्लाहकारसमेत रहेका थापा नेकपा प्रचार विभाग उपप्रमुख हुन् । 

थापाले आइतबार बिहान ट्वीट गर्दै पार्टी एकताको नारा लगाउँदा सुनियोजित दुर्व्यवहार देखेको  भन्दै आपत्ति जनाएका हुन् । थापाले बुटवलमा मुख्यमन्त्री शंकर पोखरेल चढेको गाडीमा ढुंगा प्रहार हुँदा निदाउनु भएको थियो भन्दै प्रवक्ता श्रेष्ठमाथि व्यङ्ग्यसमेत गरेका छन् । 

‘बुटवलमा मुख्यमन्त्री शंकर पोखरेल चढ्नु भएको गाडीमाथि ढुंगा प्रहार गरिँदा निदाउनुभएको थियो क्यारे !,’ प्रवक्ता श्रेष्ठको वक्तव्यप्रति आपत्ति जनाउँदै थापाले ट्वीटमा लेखेका छन्, ‘चितवनमा पार्टी एकता जिन्दावादको नारा लगाउँदा सुनियोजित दुर्व्यवहार देख्नु भएछ। गज्जब छ गुटगत अन्तरदृष्टि र छनोटपूर्ण वक्तव्यबाजी। दुवै स्थायी कमिटी सदस्य– तब न नारायणकाजी।’

Capture.JPG

प्रकाशित मिति : ७ मंसिर २०७७, आईतवार ०९:३१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।