Logo

राजनीति

चितवन र सुर्खेत घटना नेकपा विभाजनको पूर्वाभ्यास !



काठमाडौं सम्बोधनको अन्तिमतिर अध्यक्ष तथा केपी ओलीनिकट कार्यकर्ताले प्रचण्ड-माधव नेपाल पक्षका पाण्डेविरुद्ध नाराबाजी गरे । जब पाण्डे मदन भण्डारी फाउन्डेसनका नाममा राजनीतिक अभिष्ट पूरा गर्न सञ्चालित गतिविधि रोक लगाउने स्थायी समितिले निर्णय गरेको प्रसंगको व्याख्या गर्दै थिए, त्यही क्रममा नाराबाजी भयो पाण्डेविरुद्ध ।

खासमा त्यो बहाना मात्र थियो, ओली समूह पछिल्ला दिनमा प्रचण्ड-माधव नेपाल समूहविरुद्ध केन्द्रदेखि स्थानीय तहसम्म वाकयु द्ध मात्र होइन, समानान्तर गतिविधिमा समेत लागिसकेका थिए । त्यसको प्रतिफलमात्र थियो, चितवन घटना ।

शनिबारको चितवन घटनासँगै जोडेर विश्लेषण गर्नुपर्ने हुन्छ सुर्खेतको अर्को प्रसंग । सुर्खेतमा ओली पक्षले मदन भण्डारी स्पोर्टस एकेडेमीको ब्यानरमा भेला गर्‍यो । एकेडेमीको ब्यानरमा सुर्खेतमा ओली पक्षको भेला भइरहँदा चितवनमा पाण्डे त्यही ब्यानरको विपक्षमा बोल्दै थिए ।

६ मंसिरको मध्यान्हका यी दुई घटनालाई जोड्न १९ कात्तिकको ओलीको गोप्य प्रशिक्षणसम्म पुग्नुपर्ने हुन्छ । ओलीले त्यसदिन पार्टी विभाजनको डिलमा पुगेको संकेत मात्र गरेका थिएनन्, वैचारिक धारको संरक्षणका लागि जनताको बहुदलीय जनवाद (जबज)लाई स्थानीयस्तरसम्म लैजान निर्देशन पनि दिएका थिए । र, त्यसका लागि मदन भण्डारी फाउन्डेसनको ब्यानरलाई उपयोग गर्न ओलीको निर्देशन थियो । ओलीको त्यो निर्देशनको १७ दिनपछि अर्थात् ६ मंसिरमा सुर्खेतबाट ओली समूहले सुरु गरेको छ ।

नेकपाभित्रको पछिल्ला परिदृश्य हेर्नलाई ओलीको १९ कात्तिकको निर्देशनअघिको अर्को घटना पनि जोड्नुपर्ने हुन्छ । ७ कात्तिकमा नेकपाले पर्साको विन्दवासिनी गाउँपालिकाको कमिटी विस्तार र सपथ ग्रहण कार्यक्रम राखेको थियो ।

त्यहाँ सयौँ कार्यकर्ता उपस्थित थिए । पर्सामा नेकपाभित्र विवादमा चर्को थियो नै तर ओली पक्षका नेताहरू त्यस कार्यक्रमप्रति असन्तुष्ट मात्र होइन आक्रोशित थिए ।

प्रकाशित : ७ मंसिर २०७७, आइतबार