Logo

राजनीति

नेकपामा झगडा, कार्यकर्ताले पार्टी छाडेर कांग्रेसमा प्रबेश



नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं ट्रेड युनियन बिभाग प्रमुख शिवप्रसाद हुँमागाईले पछिल्ला दिनहरुमा नेकपामा चलिरहेको द्धन्द्धकै कारण कार्यतर्ताहरुले पार्टी त्यागेर कांग्रेसमा प्रवेश गरेको बताए ।

शनिवार काभ्रेको भुम्लु गाउँपालिकास्थित वडा नं. ८ मा पार्टीको कार्यालय उद्घाटन तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले नेकपाको सरकारले शक्ति बाँडफाँड र आपसी झैझगडामा मात्र लाग्ने देखेर नेकपा कार्यकर्ताहरु कांग्रेस प्रवेश गरेको बताए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहनुभएका हुमागाँईले नव प्रवेशीहरुलाई स्वागत समेत गरेका थिए ।

नेकपाले समस्त मतदाताहरुको अपमान गरेको कारण नेकपा कार्यकर्ताहरु रुष्ट भई कांग्रेस रोजेको उनको भनाई छ । सो अवसरमा उनले अहिले कांग्रेस जुन अवस्थामा छ, त्यसरी पार्टी सञ्चालनमा क्रियाशिल हुन नसक्ने भन्दै अबको दिनमा कांग्रेसले पनि सुधार गर्न जरुरी रहेको हुमागाँईले बताए ।

कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सभापति मधुप्रसाद आचार्यले नव प्रवेशीहरुलाई चारतारे झण्डामुनि गोलबन्द भएकोमा स्वागत गर्दै उचित जिम्मेवारीका साथ पार्टीमा सक्रिय हुने अवसर प्रदान गर्ने बताए ।

नेपाली कांग्रेस भुम्लु गाउँसभापति तस्बिर लामाको सभापतित्वमा सम्पन्न कार्यक्रममा भुम्लु गाउँपालिकाका ५ सय भन्दा बढि ब्यत्तिःहरु अन्य पार्टी परित्याग गरी कांग्रेस पार्टी प्रवेश गरेका थिए ।

सो कार्यक्रममा नेपाली कांग्रेसका पूर्व सांसद एवं संविधान सभासदस्य तिर्थ लामा, जिल्ला उपसभापति अच्युत पौडेल, क्षेत्र नं २ ख का प्रदेश सांसद उम्मेदवार सुन्दरमणी आचार्य, पाँचखाल नगरप्रमुख महेश खरेल, तरुण दल जिल्ला सभापती दावा लामा लगायतले मन्तव्य राखेका थिए ।

प्रकाशित : ७ मंसिर २०७७, आइतबार