Logo

प्रमुख समाचार

प्रदेशसभा सदस्यमा दीपक मनाङेद्वारा शपथ



गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे (राजीव गुरुङ)ले पद तथा गोपनीयताको शपथ लिएका छन् । गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले नदीपुरस्थित प्रदेशसभा सचिवालयमा उनलाई आज (सोमबार) शपथ गराएका हुन् ।

तत्कालीन नेकपा एमालेको सहयोगमा मनाङ ‘ख’ बाट स्वतन्त्र उम्मेदवारका रुपमा प्रदेशसभा सदस्यमा विजयी भएका उनी शपथ लिनुअगाबै कर्तव्य ज्यान मुद्दामा कारागार चलान भएपछि शपथ हुन सकेको थिएन ।

सर्वोच्च अदालतको आदेशमा पुस ६ गते कारागर मुक्त भएपछि उनले पुस ११ गते प्रदेशसभा सचिवालयमा शपथका लागि निवेदन दिएका थिए । शपथपछि उनले सरकारको कामको आधारमा सहयोग गर्ने अभिव्यक्ति दिए । समग्र प्रदेशका साथै आफ्नो निर्वाचन क्षेत्रमा बाटोघाटो, शिक्षा लगायतको विकासमा आफू सक्रिय बन्ने उउनको प्रतिबद्धता थियो ।

प्रकाशित मिति : माघ १४, २०७५ सोमबार  ११ : २१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।