काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण विभागमा उपस्थित गराइएकाे छ ।
हिजो सुर्खेतबाट पक्राउ गरिएको उनलाई आज विभागमा उपस्थित गराइएकाे हो ।
पूर्वअर्थमन्त्री समेत रहेका पौडेललाई सम्पत्ति शुद्धीकरण विभागले सुर्खेतबाट पक्राउ गरेको थियाे ।
उनलाई आजै म्याद थपका लागि अदालत लाने तयारी छ । उनले गरेको सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको विभाग सम्बद्ध उच्च स्रोतले बताएको छ ।




















प्रतिक्रिया