Logo

प्रमुख समाचार

ओली प्रधानमन्त्री बनेपछि सरकारको निर्णयसमेत किनबेच भएको छ : मैनाली



नेकपा मालेका महासचिव सिपी मैनालीले पछिल्लो समय देश रुमल्लिएको तर्क गरेका छन् ।नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै मैनालीले देशमा कमिसन पुँजीवादी र दलालीको बोलवाला बढिरहेको बताए ।

वर्तमान सरकारले चुनावका बेला गरेको प्रतिवद्धता र भाषणका कुनै पनि कुरा पूरा गर्न नसकेको मैनालीको आरोप छ ।
केपी ओलीको नेतृत्वमा सरकार बनेपछि पैसा भएका गलत तत्वहरुले सरकारको निर्णय नै किन्ने गरेको मैनालीले बताए ।

मैनालीले आफ्नो दल चुनावमा पराजित भएपछि केही पनि भूमिका निर्वाह गर्न नसक्ने अवस्थामा पुगेकोसमेत बताए । चुनावमा पराजित भए पनि आफूहरु चुप लागेर नबस्ने उनको तर्क छ ।

प्रकाशित मिति : माघ २३, २०७५ बुधबार  ६ : २७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।