Logo

प्रमुख समाचार

प्रधानमन्त्री ओली छाउनी अस्पतालमा के भयर पुगे ?



नेपाली सेनाले सञ्चालन गरेको छाउनीस्थित वीरेन्द्र अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीको हौसला बढाउन तथा उपचार गराइरहेका बिरामीको अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री केपी शर्मा ओली आज सो अस्पताल पुगेका छन् ।

ओली आज अपराह्न उक्त अस्पतालको निरीक्षण गरेर त्यहाँ उपलब्ध सेवासुविधा, अस्पतालको सामथ्र्यलगायत विषयमा जानकारी लिएका हुन्।

प्रधानमन्त्रीले उक्त अस्पतालको सेवामा सुधार गर्न निर्देशन दिनाका साथै अति विशिष्ट कक्ष, आकस्मिक सेवा, हेमोडाइलसिस इकाईको निरीक्षण गरेका थिए । प्रधानमन्त्रीसँगै उपप्रधानमन्त्री ईश्वर पोखरेल, प्रधानसेनापति पूर्णचन्द्र थापा, स्वास्थ्य सचिव, निमित्त रक्षा सचिव लगायतले अस्पतालको निरीक्षण गरेका थिए ।

प्रकाशित मिति : माघ २४, २०७५ बिहीबार  ५ : १६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।