Logo

प्रमुख समाचार

प्रदेश नामको वहानामा जातीवाद उराल्दै बाबुराम



नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले देशभित्र क्रियाशील पार्टीहरूलाई लोकतान्त्रिकीकरण गरिनुपर्ने बताएका छन् । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकास्थित भकुण्डेमा बुधबार पार्टी जिल्ला समितिले आयोजना गरेको ‘सङ्घीयता कार्यान्वयन, ३ नं प्रदेशको नामकरण र राजधानी’ विषयक अन्तरक्रियामा उनले पार्टीको बनोटलाई लोकतान्त्रिक नगरेसम्म सुधार नआउने तर्क गरे ।

उनले भने– ‘त्यो अवस्थासम्म पुग्नुभन्दा अगाडिको सङ्घीय व्यवस्था पनि कुनै बेला अन्त्य गरिनुपर्ने अवस्था आउने भएकाले अहिलेको लागि आन्तरिक सङ्क्रमणकालमा हामीलाई सङ्घीयता चाहिएको छ ।’

संयोजक डा. भट्टराईले अहिले बनाएको सङ्घीयताको मोडल खिचडी खालको भएको र त्यसमा कुनै खालको आधार नै नबनाई अगाडि सारेको आरोप लगाए । अरू प्रदेशहरूले जातीय, सांस्कृतिक पहिचान बिनाको प्रदेशको नामकरण गरेको उल्लेख गर्दै ३ नं प्रदेशको नामकरण जातीय बाहुल्यता भएको तामाङ र नेवारको पहिचान रहने गरी नामकरण गर्नुपर्नेमा उनले जोड दिए ।

माघ १५ गतेदेखि पाँचथरको चिवाभञ्जाङबाट फागुन १५ मा बैतडीको झुलाघाटमा एक हजार ८७९ किलोमिटर यात्रा गर्दै ती स्थानहरूमा स्थानीय तहका पदाधिकारीहरूसँग संवाद गर्ने भट्टराईको कार्यक्रम रहेको बताइन्छ घटना र विचारमा समचार छ  ।

प्रकाशित मिति : माघ २४, २०७५ बिहीबार  ५ : ४३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।