Logo

शेयर बजार

धेरै पछि नेप्से रातो देखियो, कारोबार रकम पनि घट्यो



नेप्से परिसूचक आज घटेर बन्द भएको छ । अघिल्लो अघिल्लो दिन हरेक दिन नयाँ रेकर्ड राख्न सफल भएको नेप्से परीसूचक आज भने घटेको हो । आज नेप्से परिसूचक २ दशमलव ३८ अंकले घटेर १,७८० दशमलव ४३ को विन्दुमा कायम भएको छ । बैंकिङ्, ट्रेडिङ, होटल र उत्पादनमूलक क्षेत्र बाहेक अन्य क्षेत्रको उपसूचक पनि रातो भएको छ । 

आज दिनभर कारोबारमा आउका १ सय ९९ कम्पनीको १ करोड २० लाख २१ हजार ३ सय ४७ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७६ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।आज सबैभन्दा धेरै नेपाल बैेंकको ३० करोड २० लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । त्यस्तै, नेपाल रि इन्स्योरेन्सको २९ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

त्यसैगरी, आज हाइड्रोइलेक्टिसिटि इन्भेष्टमेन्ट र एन्ड डेभलपमेन्टको शेयर ९ दशमलव ९२ प्रतिशतले बढेको छ भने हिमालयन डिस्टीलरीको शेयर ९ दशमलव ४५ प्रतिशतले बढेको छ ।

एअनआईसी एशिया ब्यालेन्स फन्डको शेयर ४ दशमलव ४५ प्रतिशतले घटेको छ भने सिटिजन म्युचुअल फन्डको शेयर ४ दशमलव ३१ प्रतिशतले घटेको छ ।

प्रकाशित : ८ मंसिर २०७७, सोमबार