पोखरा महानगरपालिका-१८ क्याम्प चोकस्थित फिष्टेल कम्पनीको प्याराग्लाईडिङ ल्याण्ड गर्ने क्रममा सोमबार दिउँसो दुर्घटना हुँदा प्याराग्लाईडिङका पाईलट पोखरा महानगरपालिका-२८ कालिका घर भई हाल सोही महानगरपालिका-६ लेकसाईड बस्ने ३८ वर्षीय राजु गैरे नेपालीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मेट्रोसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा परि घाइते भएकी प्याराग्लाईडिङमा सवार काठमाडौं बुढानिलकण्ठ नगरपालिका-२ वासिकु बस्ने २८ वर्षीया शिला श्रेष्ठको सोही अस्पतालमा उपचार भईरहेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।




















प्रतिक्रिया