Logo

प्रमुख समाचार

ओलीविरुद्ध प्रचण्डको अभिव्यक्ति किन आयो ? मणि थापाले खोले यस्तो रहस्य



नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले सरकारको कामप्रति असन्तुष्टी व्यक्त गरेर प्रधानमन्त्री केपी ओलीलाई कडा चुनौति दिएका छन् ।शुक्रबार एक कार्यक्रमा सम्बोधन गर्दा दाहाललले धेरै असन्तुष्टी पोखे । विगतकोभन्दा बढि आन्दोलन गर्नका लागि अर्को माओवादी जन्मिन सक्ने दाहालको अभिव्यक्तिले नेकपाभित्र खैलाबैला नै भएको छ ।

यस विषयमा दाहाल निकट मानिने नेकपाका नेता मणि थापासँग ऋषि धमलाले विशेष कुराकानी गरेका छन् ।
प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा कुरा गर्दै थापाले राष्ट्रिय राजनीतिमा विभिन्न खिचडी पाकेको अवस्थामा दाहालको अभिव्यक्ति स्वभाविक भएको बताए ।

सरकार र पार्टी दुवैको प्रस्तुती कमजोर भइरहेको भन्दै थापाले ओली सरकारले जनतालाई निराशा मात्रै दिएको आरोप लगाए ।सांगठनिक एकताका लालि बनाइएको कार्यदलले पनि राम्रोसँग काम गर्न नसकेकाले पार्टीभित्र विवाद बढेको थापाले बताए ।

अघिल्लो वर्ष तिनै तहको निर्वाचन भएपछि तत्कालिन नेकपा एमाले र नेकपा माओवादी एकीकृतको गठबन्धनले बहुमत प्राप्त गरेको थियो । बहुमत प्राप्त गरेसँगै विवादै विवादकाबीच केपी ओलीलाई प्रधानमन्त्री बनाइएको थियो ।

ओली प्रधानमन्त्री भएपछि गत जेठमा दुई दलबीच एकता भएको थियो । शीर्ष तहमा एकता भए पनि दुवै दलको सांगठनिक एकता अझै हुन सकेको छैन । यस्तो अवस्थामा अध्यक्ष दाहालले सरकारप्रति असन्तुष्टी पोख्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । अमेरिका र भेनेजुयला प्रकरणमा दाहालले अमेरिकाको विरोध गर्दै विज्ञप्ति जारीपछि सत्तारुढ दलभित्र थप तिक्तता देखिएको छ ।

भलै सरकारले दाहालकै विज्ञप्तिको बचाउ गर्यो । तर भित्र भित्रै दाहाल र ओलीबीचको सम्बन्ध चिसिदै गएको अनुमान गरिएको छ । सरकारप्रति दाहालको आक्रोषले पनि यो अनुमानलाई बल पुर्याएको छ ।।

प्रकाशित मिति : माघ २६, २०७५ शनिबार  ६ : १५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।