सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक बालुवाटारमा जारी रहेको छ । गत साउन १३ गते देखि स्थगित भएको नेकपा स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ ।
स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीको रााजीनामा माग उठेसँगै प्रधानमन्त्री ओलीले एकल रुपमा बैठक स्थगित गरेका थिए । नेकपामा जारी विवाद अन्त्यका लागि ६ सदस्यीय कार्यदलले अघि बढाएको प्रतिवेदन पश्चात विवाद अन्त्य गर्न सकारात्म दिशामा अघि बढेको देखिन्छ ।

गत सोमबार कपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड तथा महासचिव विष्णु पौडेलबीच बालुवाटारमा भएको छलफलबाट आज बैठक बोलाउने तय भएको थियो।




















प्रतिक्रिया