एजेन्सी – रियल म्याड्रिडका फरवार्ड करिम बेन्जेमाले इन्टरमिलानसँगको च्याम्पियन्स लिग खेल गुमाउने भएका छन् ।
शनिबार ला लिगामा रियलले भिल्लारियलसँग खेल्दा बेन्जेमा खेलेका थिएनन् । मांसपेशीमा समस्या परेका कारण उनी त्यो खेलमा थिएनन् ।
कासेमिरो टोलीमा उपलब्ध हुँदा इडेर मिलोटो पिसिआर नतिजाको पर्खाइमा छन् । ब्राजिलियन डिफेन्डरले सोमबारको प्रशिक्षणमा भाग लिएनन् । इडेन हाजार्डले भने टोलीसँग अभ्यास गरेका थिए । तर सजियो रामोस र फेडे भालभेर्डे भने चोटमुक्त हुनका लागि प्रयासरत छन् । अल्भारो ओर्डिजोला पनि चोटका कारण मैदान बाहिर छन् ।
रियलको टिम :-
गोलरक्षक – थिवाउट कोर्टुवा, लुनिन र अल्टुव
डिफेन्डर – कार्भाजल, राफयल भरान, नाचो फर्नान्डेज, मार्सेलो, फर्लान्ड मेन्डी, र भिक्टर चुस्ट
मिडफिल्ड – टोनी क्रुस, लुका मोड्रिच, क्यासमिरो, मार्टिन ओडेगार्ड र इस्को
फरवार्ड – हाजार्ड, एसेन्सियो, भाज्केज, भिनिसियस, मारियानो, रोड्रिगो गोएस र ह्युगो डुरो ।





















प्रतिक्रिया