Logo

राजनीति

ओलीलाई कांग्रेसको नाम दुरुपयोग नगर्न खतिवडाको चेतावनी



नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओलीले सत्ताको दुरुपयोग गरेर जनतालाई भ्रममा पार्ने काम गरेको आरोप लगाएका छन् ।

खतिवडाले आइतबार बिहान ट्वीट गर्दै कांग्रेस ओली सरकारमा सहभागी हुने कुनै सम्भावना नरहेको बताएका छन् । उनले जनताले कांग्रेसलाई पाँच वर्षसम्म प्रतिपक्षमा बस्न निर्देशन दिएको भन्दै कांग्रेसलाई देखाएर सत्ता लम्बाउने कार्यमा नलाग्न ओलीलाई चेतावनी दिएका छन् ।

‘न त नेकपा सत्ता छोडेर पार्टी बिभाजन गर्छ । न त कांग्रेसनै नेकपा र ओलीको सती जान तयार छ ।’

‘यो भ्रमबाट मुक्त हुनुपर्छ’, उनले भनेका छन्, ‘ओलीले नेपाली जनतालाई मात्रै होइन विश्व समुदायलाई पनि भ्रममा पारेर सत्तालाई दुरुपयोग गरेका छन् । कोही कुनै लालीपपमा नफसौँ ।’

प्रधानमन्त्री ओलीले प्रमुख विपक्षी दलका नेता एवम् कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेपछि कांग्रेस सरकारमा जान लाग्यो भनेर विवाद सिर्जना खोजेका बेला खतिवडाले ओलीको भ्रमको पछाडि नलाग्न अपील गरेका हुन् ।

नेकपाभित्र अल्पमतमा परेर प्रधानमन्त्री पद फुत्किने अवस्थामा पुगेपछि ओलीले विरोधीहरूलाई तह लगाउन विभिन्न खालका बखेडाहरू गर्दै आएका छन् ।

Ramhari_News.JPG

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलवार १६:२६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।