Logo

राजनीति

नेकपाको एकता जटिल मोडमा छ :अर्थमन्त्री विष्णु पौडेल



सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका महासचिव एवं नेपाल सरकारका अर्थमन्त्री विष्णु पौडेलले नेकपाको आन्तरिक जीवन जटिल मोडमा रहेको बताउनुभएकाेउ छ । उहाँले यो समय एकता भाड्न चहानेहरु चल्मलाएको भन्दै त्यसबाट जोगिन समेत अनुरोध गर्नुभयाे ।

दोस्रो पटक अर्थमन्त्री बनेपछि पहिलो पटक गृहनगर पुग्नुभएका पौडेलले नेकपाको एकता ठूलो संकटमा परेको भन्दै एकता बिथोल्न खोज्नेहरुबाट जोगिन अनुरोध गर्नुभयाे । उहाँले नेकपा फुटोस भन्ने १ दर्जनसमेत नरहनेको उल्लेख गर्दै एकता जोगाउन अन्तिमसम्म लाग्ने प्रतिबद्धता समेत दिलाउनुभयाे ।

लुम्बिनी प्रदेशको स्थायी राजधानी बुटवलबाट अन्यत्र सारिएको भएपनि रुपन्देहीलाई आर्थिक हवको रुपमा विकास गर्ने प्रतिबद्धता जनाउनुभयाे । प्रदेश राजधानी सारिएको विरोधमा पार्टीबाट असन्तुष्ट बुटवलका उद्योगी ब्यवसायीहरुलाई नेकपाका महासचिव पौडेलले राजधानीको भरपाई हुने गरि बिकास दिने आश्वासन दिनुभयाे ।

प्रदेशको राजधानी सार्ने समयमा आफू आन्दोलनमा सहभागी हुन नसकेको भन्दै उहाँले राजधानीलाई मुख्य विषय नबनाउन आग्रह गर्नुभयाे । उहाँले रुपन्देहीको समग्र विकास मार्फत लुम्बिनी प्रदेशको राजधानीको भरपाइ गरिने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।

उहाँले औद्योेगीक तथा पर्यटनको हव बनाउन आफूले कुनै कसर बाँकी नराख्ने बताउँदै बुटवल र रुपन्देही आर्थिक विकासका हिसावले राजधानी भन्दा कम नहुने दाबी गर्नुभयाे।

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार ११:४९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।