Logo

राजनीति

‘नेकपा ठूलो घर हो, हल्ला गर्नेले दुई वर्षपछि मात्रै विचार गर्नू’ : गोकुल बाँस्कोटा



सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले लोकतन्त्रमा कुनै पनि पार्टी फुट्न नहुने बताएका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित ‘बाँसगेडी माझी बगर’ चक्लाबन्दी तथा सामूहिक खेती उद्घाटन कार्यक्रममा मङ्गलबार उनले यस्तो बताएका हुन् । बाँस्कोटाले लोकतन्त्रमा कुनै पनि पार्टी फुट्न नहुने तर विकास निर्माणमा पार्टी–पार्टी र आन्तरिक प्रतिस्पर्धा भने हुनुपर्ने बताए ।

बाँस्कोटाले नेकपामा होहल्ला मात्रै भएको भन्दै अन्तिममा केही नहुने बताए । नेकपालाई ठूलो घरको सङ्ज्ञा दिँदै उनले भने,“नेकपा ठूलो घर हो, अहिले कल्याङकुलुङ मात्रै बढी भएको हो, केही हुनेवाला छैन, कोही कसैलाई हल्ला गर्दा ‘केही झर्ला कि’ झैँ लागेर मुख मिठ्याउन पाइन्छ होला भन्ठानेर गर्या हल्ला हो यो, यसको कुनै औचित्य छैन, हल्ला गर्नेले दुई वर्षपछि मात्रै विचार गर्नू ।”

प्रतिपक्षी पार्टीमा पनि विवाद भइरहेकाले लोकतन्त्रमा पार्टीभित्र पनि केही विवाद हुनु स्वाभाविक रहेको उनको तर्क थियो । प्रतिस्पर्धाको युग आइसकेकाले पार्टीभित्र विचार, कार्यक्रम, सिद्धान्त र योजनाको प्रतिस्पर्धा हुनुपर्ने उनको भनाइ थियो ।

उनले विकासमा राजनीतिको कुरा अलिअलि आउने भएकाले सबैले विकास निर्माणमा मिलेर सुख र समृद्धिलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याए। 

प्रकाशित मिति : मंसिर १०, २०७७ बुधबार  १ : १६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।