Logo

राजनीति

भारतीय विदेश सचिव श्रृंगला नेपाल आईपुगे



भारतीय विदेशसचिव हर्षवर्द्धन श्रृंगला नेपाल भ्रमणका क्रममा काठमाडाैँमा अवतरण गर्नुभएकाे छ । दुई दिने नेपाल भ्रमणका लागि उहाँकाे टाेली बिहीबार बिहान सवा ११ बजेतिर विशेष चार्टर्ड विमानमार्फत् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएकाे हाे ।

परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालको औपचारिक निमन्त्रणामा श्रृंगला विशेष विमानमार्फत नेपाल आउनुभएकाे हाे । नेपाल आएलगत्तै उहाँले उच्चस्तरीय भेटवार्ता थाल्नुहुने बताइएकाे छ ।

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहिबार  ११ : ५६ बजे