Logo

राजनीति

प्रचण्ड बहुमत प्राप्त नेकपाले देशलाई भ्रस्टाचारमय बनाउदै जाने कि बिकल्प पनि खोज्ने : डा. डिला संग्रौला



प्रमुख प्रतिपक्षदल नेपाली कांग्रेस सांसद डा. डिला संग्रौलाले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ल्याएको बहुमत प्राप्त ओली सरकार अन्ततोगत्वा भ्रस्टाचारको जालोमा मुछिइ देशको इज्जत र प्रतिस्ठामा नै कालो धब्बा साबित हुनु भएकाले प्रचण्ड बहुमत प्राप्त नेकपाले देशलाई भ्रस्टाचारमय बनाउदै लगेको आरोप लगाएकी छिन् । 

पानीको मूल नै फोहोर छ भने पानी सफाहुने कुरै भएन । ट्रास्परेन्सी इन्टर्नेसनलको एसिया प्रतिबेदनले यहि कुरालाई पुस्टि गरेको छ । नामै  तोकेर नेपालका प्रधानमन्त्री केपी ओलिले भ्रस्टाचारका आरोपी सहकर्मिको प्रतिरक्षामा आफै उत्रन्छन भन्ने प्रतिबेदन सार्बजनिक हुनुले नेपाल र नेपालीको शीर नै निहुरिनु पुगेको छ । 

नागरिकमा सरकार प्रती नैरस्यता उत्पन्न भएको छ । आफ्नै पार्टीका कार्यकारी अध्यक्ष समेतले भ्रस्टाचारमा चुर्लुम्म डुबेर देश बर्बाद पारेको प्रतिबेदन सचिवालय बैठकमा प्रस्तुत गरिसकेका छन् । 

पछिल्लो एक बर्षमा भ्रष्टाचार ह्यात्तै बढेर गएको छ । आफ्ना मन्त्री र आसेपासेलाइ दर्जनौं भ्रष्टाचार  काण्डबाट जोगाउन केपी ओलिले न्यायिक प्रणालिले अनुसन्धान गर्न नपाउदै आफ्ना सहकर्मीलाई सफाइदिने कार्यले देशका सम्पूर्ण संरचनाहरुमा भ्रस्टाचाररुपि ऐजेरु मौलाइ नै रहेको छ ।

 जनतालाई मीठामीठा सपना बाड्दै समृद्ध नेपाल र सुखी नेपाली बनाउने प्रतिबद्धता बोकेका प्रधानमन्त्री केपी ओली अन्ततोगत्वा भ्रस्टाचारको जालोमा मुछिइ देशको इज्जत र प्रतिस्ठामा नै कालो धब्बा साबित हुनु भएकाले प्रचण्ड बहुमत प्राप्त नेकपाले देशलाई भ्रस्टाचारमय बनाउदै जाने कि बिकल्प पनि खोज्ने ? यसको छिनो फानो अबिलम्ब संसदले गर्न दिने कि प्रतिपक्षद्वारा सडक तताउने रु मर्जी नेकपाको ! भन्दै आक्रोस पोखेकी छन् ।

प्रकाशित मिति : मंसिर ११, २०७७ बिहीबार  १ : ५२ बजे