Logo

राजनीति

गोरखामा नेकपा छाडी काँग्रेस प्रवेशकाे लहर



केन्द्रदेखि स्थानीय तहसम्म झण्डै दुईतिहाई बहुमत प्राप्त गरेको नेपाल कम्युनिष्ट पार्टी परित्याग गरी गोरखामा काँग्रेस प्रवेश गर्नेको लहर चलेको छ।

गोरखाको अजिरकोट गाउँपालिका–४ सिमजुङ र वालुवाका १०० भन्दा बढी नेकपा कार्यकर्ता बुधबार काँग्रेस प्रवेश गरेका हुन्।

नवप्रवेशीलाई काँग्रेस केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे, सोही क्षेत्रका गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडी र गोरखा काँग्रेसका सचिव नन्दप्रसाद न्यौपाने लगायतले माला र टिका लगाएर स्वागत गरेका छन्।

नेपाली काँग्रेस सिमजुङ गाउँ समितिको आयोजनामा भएको सोही कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य पाण्डेले वर्तमान सरकारले जनताको इच्छा र आकांक्षा पूरा गर्न नसकेकाले सरकारप्रति जनतामा निराश छाएर विकल्प रोजेको बताए।

कोरोनाको महामारीका बीच जनताको भावना बुझ्दै गाउँगाउँ पुगेका सांसद दवाडीले गोरखाको विकासको लागि जनताले काँग्रेस रोजेको धारणा राखे। सांसद दवाडीले यसअघि कात्तिकमा बारपाक–सुलिकोट वडा नं २ को मान्द्रे, दुम्सी, पोखरी, स्नान, अलगाउँ, थलिडाँडालगायतका १६० युवा काँग्रेस प्रवेश गराएका थिए।

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहीबार १८:३६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।