Logo

रोल गाउँमा आगलागी हुँदा पाँच घर जलेर नष्ट



जिल्लाको खत्याड गाउँपालिका–३ रोल गाउँमा विहीबार (आज) दिउँसो आगलागी हुँदा पाँच घर जलेर नष्ट भएको छ ।हस्तबहादुर शाहीको तीन गते घरमा एक्कासि आगालागी भएपछि स्थानीय होमबहादुर शाही, डबलबहादुर शाही, टेकबहादुर शाही र सुनकौरा सिंहको घर जलेर पूर्ण रुपमा नष्ट भएको हो ।

जिल्ला प्रहरी कार्यालय, मुगुका अनुसार स्थानीय सुनकौरा सिंहको दाहिने हात जलेर घाइते भएका छन् । के कारण आगलागी भयो भन्ने एकिन हुन नसकेको प्रहरी निरीक्षक नरेश विकले बताए ।उक्त आगलागीबाट धनमाल, लत्ताकपाडा, भाँडाकुँडा, काठका खाट, दराज सबै जलेर नष्ट भएको छ ।

प्रहरी निरीक्षक विकका अनुसार उक्त आगलागीबाट करिब रु ३० लाख भन्दा बढीको क्षति भएको छ ।श्रीकोट प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक विष्णु सेजुवालको नेतृत्वमा खटिएको प्रहरी टोली तथा रोल श्रीकोट र सैना गाउँका स्थानीयको सहयोगमा आगोलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहिबार  ९ : ३२ बजे