Logo

प्रमुख समाचार

खुल्लम–खुल्ला घुम्छन विद्यार्थी ठग, कसले गर्ने कारवाही ?



उच्च शिक्षा अध्यायनको नाममा विद्यार्थीलाई विश्वका विभिन्न मुलुकमा पुर्याई ठग्ने नेपाली कन्सलटेन्सी संचालकहर बेफिक्रि घुमिरहेका छन् । उनीहरुले नेपालका कानुनलाई समेत चुनौती दिएर विद्यार्थी ठगी रहेका छन् । यस बारेमा सरकार तथा सुरक्षा निकायलाई राम्ररी जानकारी छ । उनीहरुले पनि यो मुद्दालाई नसुने झै, नटेरे झै गरेर मौन बसिरहेका छन् ।

लोक गाएक पशुपति शर्माले निकालेको एउटा गीत सरकार विरुद्ध सुदुरपश्चिमको एउटा गाउँका पुगेर उत्तर दिने हाम्रा प्रधानमन्त्री केपी शर्मा ओली हजारौ विद्यार्थीहरुलाई ठगीरहेको बेलामा मौन बसिरहेका छन् । यस बारेमा चुईक्क बोलेका छैनन् ।

संसद बैठकमै यसबारेमा थुप्रै पटक कुरा उठिरहेको छ । तर, यसलाई हामीले काम गरिरहेका छौ भन्दै सरकारी निकायहरुले ढाटेर टार्नु बाहेकको काम गरेका छैनन् । उनीहरुलाई कसले कारवाही गर्ने ? के त्यसो भए विद्यार्थीहरुको भविष्यको जिम्मेवारी ओली सरकारको  होईन ? यसको जिम्मेवारी को ? कि विद्यार्थी स्वयं आफै ? विद्यार्थी र उनका आफन्त र स्कुल कलेजको मात्र होईन कारवाही गर्ने तथा अबैध कार्यालयहरुलाई नियमन गर्नुको साटो मुलुकमा विभिन्न लुट तन्त्र मात्र मच्चाई रहेको छ ।

यो पनि पढ्नुहोस्

विद्यार्थी अलपत्र पार्ने कन्सलटेन्सीको लिष्टमा पहिलो नम्बरमा रोयल एजुकेशन

ईक्यान अध्यक्ष पाण्डेको अर्को रहस्य खुल्यो, काठमाडौंका चार कलेजबाट करोडौं ठगी

इक्यान अध्यक्षको धन्दा बाहिरियो, अस्ट्रेलियामा नेपाली विद्यार्थीको बिचल्ली पार्ने एआइबीटीको प्रबर्द्धन गर्दै

यि हुन् नेकपाको संरक्षणमा अष्ट्रेलियामा नेपाली बिचल्ली पार्ने ईक्यानका अध्यक्ष पाण्डे

विद्यार्थी ठग्ने कन्सलटेन्सीहरुको सुचीमा पहिलो नम्बरमा रोयल एजुकेसन कन्सलटेन्सी परेको छ । शैक्षिक परामर्श दातृहरुको नियामक निकाय ईक्यानका अध्यक्ष विष्णुहरी पाण्डे सञ्चालक रहेका छन् । विष्णुहरीलाई देश विदेश दुबै तर्फबाट लुट तन्त्र मच्चाई रहेका छन् । उनले विद्यार्थीहरुको समस्यालाई समाधान गर्नुको साँटो उल्टै त्यसलाई विजनेस बनाएर भोलिका देश बनाउने कणधार मानिने विद्यार्थीहरुको भविष्यको व्यापार गरिरहेका छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७५, मंगलवार १५:३७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।