गत असार १० गते देखि जारी सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक सम्पन्न भएको छ । पटक पटक स्थगित हुँदै आएको जारी स्थायी कमिटी बैठक शुक्रबार प्रधानमन्त्री निवाास बालुवाटारमा बसेको थियो ।
बैठकले नेकपा अध्यक्षद्वयद्वारा प्रस्तुत प्रस्ताव सर्वसम्मतिले पारित गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । उत्साहका साथ असार १० गते शुरूभएको यो बैठकले अनेक मोड र घुम्ती पार गरेर निष्कर्षमा एकता, समझदारी र सर्वसम्मति कायम गरेको थापाले जनाएका छन् ।
प्रतिक्रिया