लामो समयदेखि अवरुद्ध नेपाल कम्निस्टपार्टी नेकपाको जिल्ला एकताको टुंगो भर्खरै मात्र लागेको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले जिल्लाको एकतालाई अन्तिम चरणमा पुर्याएको छ । अध्यक्षद्धय प्रधानमन्त्री खडग प्रसाद ओली र पुष्पकमल दाहाल (प्रचण्ड)बीच अमेरिका जानु अघि सो एकताको टुंगो लागेको हो ।अध्यक्षद्धयबीचको छलफलमा अधिकाशं जिल्लामा सहमति जुटेको छ ।
४५ जिल्ला पूर्वएमाले र ३२ जिल्लामा पूर्व माओवादीलाई दिनेगरी सहमति भएको हो ।छलफल अझै हुन बाँकी रहेकाले जिल्ला हेरेफेर हुन सक्ने नेकापाको एक नेताले नाम नबताउने सर्तमा अनलाइनपानालाई बताएका छन् ।
यस्तो छ विभाजन
प्रदेश–१
झापा, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, मोरङ र भोजपूर (पूर्व एमाले)
संखुवासभा, सुनसरी, ओखलढुंगा, सोलुखुम्बु र उदयपुरमा सहमति हुन बाँकी
प्रदेश–२
बारा, पर्सा, धनुषा र सर्लाही (पूर्व एमाले)
सिराहा, सप्तरी, महोत्तरी र रौतहट (पूर्वमाओवादी)
प्रदेश–३
रसुवा, धादिङ, मकवानपुर, सिन्धुपाल्चोक, दोलखा, भक्तपुर, ललितपुर, काठमाडौँ, उद्योगी व्यवसायी विशेष जिल्ला कमिटि र पेशागत जिल्ला कमिटी (पूर्व एमाले)
नुवाकोट, चितवन, काभ्रे, रामेछाप, सिन्धुपाल्चोक र युवा विद्यार्थी तथा मजदूर विशेष जिल्ला कमिटी (पूर्वमाओवादी)
गण्डकी प्रदेश
तनहुँ, कास्की, पर्वत, स्याङ्जा, म्याग्दी र मूस्ताङ (पूर्व एमाले)
गोरखा, मनाङ, लमजुङ, बाग्लुङ र नवलपुर (पूर्वमाओवादी)
प्रदेश–५
गुल्मी, पाल्पा, रुपन्देही, अर्घाखाँची, कपिलबस्तु, प्युठान र दाङ (पूर्व एमाले)
बाँके, बर्दिया, परासी, रोल्पा र पूर्वी रुकुम (पूर्वमाओवादी)
कर्णाली प्रदेश
दैलेख, सुर्खेत, डोल्पा र जुम्ला (पूर्व एमाले)
जाजरकोट, सल्यान, हुम्ला र पश्चिम रुकुम (पूर्वमाओवादी)
मुगु र कालीकोट (सहमति हुन बाँकी)
सुदूरपश्चिम प्रदेश
अछाम, कैलाली, बैतडी, बाजुरा र डोटी (पूर्व एमाले)
डडेल्धुरा, कञ्चनपुर, दार्चुला र बझाङ (पूर्वमाओवादी)




















प्रतिक्रिया