Logo

अष्ट्रेलियाले दियो भारतलाई ३ सय ७५ रनको विशाल लक्ष्य



निर्मल लामिछाने।

सिड्नी क्रिकेट मैदानमा अस्ट्रेलियाका ओपनर तथा कप्तान एरोन फिन्च र स्टिभ स्मिथको सानदार शतकसँगै अष्ट्रेलियाले भारतलाई ३ सय ७५ रनको विशाल लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिङ रोजेको घरेलु टोली अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय ७४ रन बनाएको छ । अष्ट्रेलियालाई विशाल योगफलमा पुर्याउन कप्तान आरोन फिन्च र स्टिभ स्मिथले सानदार शतक प्रहार गर्दा डेभिड वार्नर र ग्लेन म्याक्सवेलले पनि उत्कृष्ट ब्याटिङ गरे ।

अष्ट्रेलियालाई विशाल लक्ष्यमा पुर्याउन ओपनर एरोन फिन्चले १ सय २४ बलमा ९ चौका र २ छक्का सहित सर्वाधिक १ सय १४ रनको शतकीय पारि खेले ।

त्यस्तै स्मिथले आक्रामक ब्याटिङ गर्दै ६६ बलमा ११ चौका र ४ छक्का सहित १ सय ५ रनको उत्कृष्ट शतकीय इनिङ खेले । स्मिथले मात्र ६२ बलमा शतक प्रहार गरेका थिए भने ग्लेन म्याक्सवेलले १९ बलमा ५ चौका र ३ छक्का सहित ४५ रनको आक्रामक इनिङ खेलेका थिए र मार्नस लाबुसेन २ रनमा क्याच आउट भए पनि  एलेक्स केरी १७ र प्याट कमिन्स १ रनमा अविजित रहे ।

त्यस्तै बलिङतर्फ भारतीय स्पिनर युजभेन्द्र चहलले महँगो सावित हुँदै  १० ओभरमा ८९ रन खर्चेर १ विकेट लिए भने मोहम्मद शामीले १० ओभरमा ५९ रन खर्चेर ३ विकेट लिए  जस्प्रित बुमराहले १० ओभरमा ७३ रन खर्चेर १ विकेट लिए । नवदीप सैनीले १० ओभरमा ८२ रन खर्चेर १ विकेट लिए । 

३७५ रनको बिशाल लक्ष्य लिएर मैदान उत्रेको भारतले ३ ओभरको खेल सकिदासम्म विना विकेटको क्षतिमा ३९ रन जोडेको छ ।जसका लागि ओपनर शिखर धवन १५ र मयंक अग्रवाल १५ मा खेलिरहेका छन् ।  

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  २ : २७ बजे