Logo

प्रमुख समाचार

राजपा नेपालको संयोजकमा शरदसिंह भण्डारी



राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)को अध्यक्षमण्डलको संयोजकमा शरदसिंह भण्डारी चयन भएका छन् ।राजपामा दुई–दुई महिनामा संयोजक परिवर्तन हुने विधानमा व्यवस्था छ । सोही व्यवस्थाअनुसार भण्डारी बुधबारदेखि राजपा नेपालको संयोजक बनेका हुन् ।

फागुन २९–३० र चैत १ गते काठमाडौंमा बसेको अध्यक्षमण्डलको बैठकले भण्डारीलाई संयोजक बनाउने निर्णय गरेको महासचिव केशव झाले जानकारी दिएका छन् ।भण्डारीभन्दा अगाडि राजपा नेपालको संयोजक महिन्द्र राय यादव थिए । यसअघि महन्त ठाकुर र राजेन्द्र महतो संयोजक बनिसकेका छन् ।

राजपा २०७४ साल वैशाख ७ गते मधेसकेन्द्रित ६ दल मिलेर बनेको राष्ट्रियस्तरको तेस्रो दल हो ।राजपाको प्रतिनिधि सभामा १७ सांसद थिए । सर्वोच्चको फैसलापछि सांसद रेशम चौधरी निलम्बनमा परेपछि अहिले १६ सांसद र राष्ट्रिय सभामा २ सांसद छन् ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार ०७:३७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।