नेपाली कांग्रेसका नेता दिपक खड्काले जनताले माग गरेको खण्डमा जुनसुकै विषयमा जनमत संग्रह हुने कुरालाई अन्यथा लिन नहुने बताएका छन् ।नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै खड्काले जनमत संग्रह गर्नैपछै भन्ने विषय नभएर गर्न पनि सकिन्छ भन्ने विषय रहेको प्रष्ट पारेका छन् ।
कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले संघीयता र धर्मनिरपेक्षताको विषयमा जनमत संग्रह गर्नुपर्ने आशयको कुरालाई समयको मागको रुपमा खड्काले अथ्र्याए ।“समयले केके कुरा माग गर्दै जान्छ, जनताको चाहना केके हुन्छ, त्यसको परिपूर्ति गर्नु राज्य र राजनीतिक दलहरुको कर्तव्य हो ।”
खड्काले भने ।नेता खड्काले राजसंस्थाको विषयमा भने कांग्रेसले कुरा नउठाएको बताए । तर राजसंस्थाको विषयमा पनि जनचाहना बढ्यो भने उदार हुनुपर्ने खड्काले बताए ।“भोली जनताले राजसंस्था चाहे भने त्यो कुरामा छलफल हुनुपर्छ । जनमतको सम्मान गर्नुपर्छ ।” उनले भने ।तर कांग्रेस नै राजसंस्थाको पक्षमा उभियो भन्ने आरोप चाँही गलत हुने खड्काको जिकिर छ ।




















प्रतिक्रिया