नेपाल कम्युनिस्ट पार्टी खोटाङले गाउँपालिका र नगरपालिकामा अध्यक्ष र सचिवको टुंगो लगाएको छ। आठ गाउँपालिका र दुई नगरपालिका रहेको जिल्लामा नेकपाले भागबण्डामा अध्यक्ष र सचिवको टुंगो लगाएको हो।
स्थानीय तहमा नेकपाको एकता प्रक्रिया टुंग्याउने क्रममा ६ अध्यक्ष पूर्व एमालेलाई र ४ अध्यक्ष पूर्व माओवादीलाई तथा ६ सचिव पूर्व माओवादीलाई र ४ सचिव पूर्व एमालेलाई बाँडफाँड गरेर सहमति जुटाइएको नेकपा खोटाङका नेता बबी चामलीङले बताए।
नेकपाका अनसार हलेसी तुवाचुङ नगरपालिकामा पूर्व एमालेका सुरेन्द्रकुमार राईलाई अध्यक्ष र पूर्व माआवादीका गोपाल दाहाललाई सचिव, ऐसेलुखर्क गाउँपालिकामा पूर्व एमालेका प्रशु राई अध्यक्ष र पूर्व माओवादीका राजेन्द्र भण्डारी सचिव, रावाबेँसी गाउँपालिकामा पूर्व एमालेका बलराम रिजाल अध्यक्ष र पूर्व माओवादीका राजन मगर सचिव, साकेला गाउँपालिकामा पूर्व एमालेका फूलकुमार राई अध्यक्ष र पूर्व माओवादीका मोहन खत्री सचिव, जन्तेढुंगा गाउँपालिकामा पूर्व एमालेका यामकुमार राई अध्यक्ष र पूर्व माओबादी बद्री किरात सचिव, बराहपोखरी गाउँपालिकामा पूर्व एमालेका दीर्घ मगरलाई अध्यक्ष र पूर्व माओबादीका ताराकान्त राईलाई सचिव बनाउने सहमति भएको छ।
यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा पूर्वमाओवादी केन्द्रका बिसन राईलाई अध्यक्ष र पूर्व एमालेका गोपालचन्द्र आचार्यलाई सचिव, केपीलासगढी गाउँपालिकामा पूर्व माओवादीका कामकाजी राईलाई अध्यक्ष र पूर्व एमालेका डिगबहादुर गुरुङ सचिव, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा पूर्व माआवादीका राजेन्द्र राईलाई अध्यक्ष र पूर्व एमालेका कृष्ण कार्की सचिव तथा खोटेहाङ गाउँपालिकामा पूर्व माओवादीका राजन ढकाललाई अध्यक्ष र पूर्व एमालेका विकास राईलाई सचिव बनाउने टुंगो लागेको नेकपा नेता कुमार आचार्यले बताए।
७५ सदस्यीय गाउँपालिका कमिटी र ८१ सदस्यीय नगर कमिटीका लागि अध्यक्ष र सचिवसहित ५ जनाको कार्यालय टिम बनाएर एकता प्रक्रिया टुंग्याइने नेकपाले जनाएको छ। जिल्ला कमिटी र वडा कमिटीको टुंगो लाग्न बाँकी छँदै नेकपाले गाउँपालिका र नगरपालिकाको अध्यक्ष र सचिवमा सहमति जुटाएको हो। वडा, गाउँ तथा नगर कमिटी निर्माणको काम अन्तिम चरणमा पुगेकाले औपचारिकता दिन मात्र बाँकी रहेको नेता चामलीङले बताए।
प्रतिक्रिया