Logo

राजनीति

अध्यक्षद्वय ओली र प्रचण्डको प्रस्ताव नेकपा स्थायी कमिटीद्वारा पारित



नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टीको समस्या समाधान सुझाव कार्यदलले प्रस्तुत गरेको सुझाव प्रतिवेदनलाई सुधार गरी प्रस्तुत गरेको प्रस्ताव पारित गरेको छ । बैठकले केही घन्टा छलफल गरी प्रतिवेदन पारित गरेको हो ।

अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले अध्यक्षद्वय ओली र प्रचण्डद्वारा प्रस्तुत प्रस्ताव सर्वसम्मतिले पारित गरेको जानकारी दिए । पाँच घन्टा चलेको बैठकमा स्थायी कमिटी सदस्यहरुको लिखित सुझाव लिइएको थियो । बैठक प्रस्ताव पारित गर्नका लागि मात्र बसेकाले औपचारिकतामा सिमित भयो ।

१३ साउनमा स्थगित भई आजका लागि डाकिएको बैठकमा १५ वटा बुँदागत एजेन्डामा छलफल भएको थियो । जसमा पार्टीमा कार्यविभाजन देखि एमसीसीसम्मका विषय छन् ।

पारित प्रस्तावमा पार्टीको पद्धति र संस्थागत प्रणालीलाई सबल तुल्याउने, अध्यक्षद्वयको कार्यविभाजन तथा कार्याधिकार स्पष्ट गर्ने, पार्टी एकताको बाँकी काम सम्पन्न गर्ने, राजनीतिक तथा संगठनात्मक क्षेत्र, एकताको राष्ट्रिय अधिवेशन, सरकारको कामका सम्बन्धमा, संसदीय दलको भूमिकालाई प्रभावकारी बनाउने, प्रदेश सरकार र स्थानीय निकायको भूमिका प्रभावकारी बनाउने, नेपालको सीमा समस्या र समाधान, कोभिड १९ को महामारीको राकथाम, प्राकृतिक प्रकोप, शान्ति प्रक्रियाको बाँकी काम, प्रतिष्ठानहरुको व्यवस्थापन र एमसीसीको विषय छन् ।

नेकपा स्थायी कमिटी बैठक : चैत २५ मा एकता महाधिबेशनको निर्णय

 सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी९नेकपा०ले यसवर्ष २५ चैतदेखि ३० चैतसम्म एकता महाधिबेशन गर्ने निर्णय गरेको छ । आज बसेको स्थायी कमिटी बैठकले कार्यदलको प्रतिवेदन अनुसार उक्त निर्णय गरिएको हो । स्थायी कमिटी बैठकले दुई अध्यक्षको कार्यविभाजनसम्बन्धि प्रस्ताव समेत पारित गरेको छ । यसअनुसार ओलीले पाँच वर्ष सरकार चलाउने र प्रचण्डले कार्यकारी अध्यक्षको हैसियतले पार्टी सञ्चालन गर्ने छन् ।

पारित प्रस्तावमा पार्टीको पद्धति र संस्थागत प्रणालीलाई सबल तुल्याउने, अध्यक्षद्वयको कार्यविभाजन तथा कार्याधिकार स्पष्ट गर्ने, पार्टी एकताको बाँकी काम सम्पन्न गर्ने, राजनीतिक तथा संगठनात्मक क्षेत्र, एकताको राष्ट्रिय अधिवेशन, सरकारको कामका सम्बन्धमा, संसदीय दलको भुमिकालाई प्रभावकारी बनाउने, प्रदेश सरकार र स्थानीय निकायको भूमिका प्रभावकारी बनाउने, नेपालको सीमा समस्या र समाधान, कोभिड १९ को महामारीको राकथाम, प्राकृतिक प्रकोप, शान्ति प्रक्रियाको बाँकी काम, प्रतिष्ठानहरुको व्यवस्थापन र एमसीसीको विषय छन् ।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार १८:२६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।