Logo

राजनीति

उद्योग वाणिज्य महासंघमा मतदान जारी, कसले हत्याउला ?



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारण सभा मार्फत नेतृत्व चयनका लागि ३ ठाउामा केन्द्र तोकेर सुरु भएको मतदान जारी छ । एसोसिएट तर्फका लागि कार्की ब्याङ्केट थापाथलीमा, जिल्ला नगर तर्फका र कोरोना संक्रमित सदस्यका लागि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा र वस्तुगत तर्फका लागि महासंघको केन्द्रीय कार्यालयमा मतदान भइरहेको हो ।

महासंघको यसपालिको महाधिबेशनमा मतदाता व्यवसायीहरु वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधान र अर्का वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल गरी २ समूहमा विभाजन भएका छन् ।

साधारणसभापछि स्वतः अध्यक्ष हुन लागेका हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, वर्तमान अध्यक्ष भवानी राणा र निर्वतमान अध्यक्ष पशुपति मुरारकाले प्रधान समूहलाई समर्थन गरेका छन् । ढकाल समूहलाई महासंघका विशिष्ठ सदस्य तथा पूर्वअध्यक्ष चण्डीराज ढकालको समर्थन रहेको छ।

चन्द्रप्रसाद ढकाल समूहबाट एसोसिएटमा रामचन्द्र संघाई, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र जिल्ला नगर उपाध्यक्षमा गुणनिधि तिवारी चुनावी मैदानमा छन् भने प्रधान समूहबाट एसोसिएट उपाध्यक्षमा सौरभ ज्योति, वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ र जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ चुनावी मैदानमा उत्रिएका छन् । 

यसैगरी, जिल्लारनगरतर्फ १८ जना कार्यकारिणी सदस्यका लागि ३८ जना, प्रदेशतर्फ ६ जनाका लागि १४ जना, वस्तुगततर्फ १४ जनाका लागि २८ जना, एसोसिएटतर्फ १९ जनाका लागि ३१ जना र संस्थापक सदस्यतर्फ एक जनाका लागि तीन जना चुनावी प्रतिस्पर्धामा छन् । 

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार  ११ : ५० बजे