नेपाली काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई राम्रोसँग थाहा हुँदाहुँदै पार्टीलाई नै प्रतिबन्ध लगाएर थप हिंसा भड्काउनु लोकतन्त्र माथिको प्रहार भएको बताएका छन । सिन्धुलीमाढीमा शनिबार बिहान नेपाल प्रेस यूनियनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा वरिष्ठ नेता पौडेलले नेत्रविक्रम चन्द समूहलाई मूलधारमा ल्याउनुपर्ने बताए ।
उनले सर्पको खुट्टा सर्पले नै देख्ने भन्दै चन्द समूहको मुहान खोजेर समस्या हल गर्न सरकार र नेकपालाई सुझाव दिए । समस्यालाई गम्भीर रुपमा नलिदाँ अहिलेको अवस्था आएको भन्दै उनले चन्द समूहसँग अब दमन होइन संवादको थालनी गर्नुपर्ने बताए । “दमनले नै समस्याले चर्को रुप लियो कि समिक्षा गर्नुहोस,” उनले भने, “गाउँमा जनताहरु त्रसित हुन थालेका छन् ।”
अख्तियार र सर्वोच्चको अधिकार आफैं लिएर दुई तिहाई नेतृत्वको सरकार सर्वसत्तावादतिर लागेको पौडेलको आरोप थियो । काण्डैकाण्ड, भ्रष्टचार नै भ्रष्टचार भएकाले नेपाली राजनीतिक इतिहासमै यो सरकार असफल सावित भएको उनको आरोप छ ।
पौडेलले बर्तमान सरकार मुलुकको शान्तिसुरक्षा, शु–शासन, न्यायिक अधिकार, समृद्धिको पक्षमा गम्भीर नहुदा मुलुक दुर्घटनातर्फ मोडिएको बताए । भ्रष्टाचार तथा एकल शासनले लोकतन्त्रलाइ घात गर्छ । बर्तमान सरकार वाइडवडी, सुन काण्ड, चिनिकाण्ड, बलात्कार जस्ता जघन्य अपराधिक गतिबिधि हुदा समेत मौन रहेको बताउदै पौडेलले भ्रष्टचार, शान्ती तथा सुरक्षा, शुशासनमा अहिलेको सरकार चुकेको उल्लेख गरे ।
उनले राजाभन्दा कस्युनिष्टसँग लड्न कठिन भएकाले चनाखो रहन नेता कार्यकर्तालाई पौडेलले निर्देशन दिएका छन् । कम्युनिष्टहरुले शव्द फेरेर जनतालाई झुक्याउने उनको भनाइ थियो । “कहिले जनवाद, कहिले बहुदलीय जनवाद, अनि समाजवाद, फेरि वैज्ञानिक समाजवाद कति झुक्याउन सकेको रुयस्तो कहीँ हुन्छ रु” पौडेलले भने ।
निर्वाचनमा काँग्रेस पराजयको प्रसंग कोट्याउदै उनले हार स्वीकार गर्न काँग्रेस अहिलेसम्म अलमलिएको उनको भनाइ थियो । पार्टी सभापति शेरबहादुर देउवातर्फ लक्षित गर्दै पौडेलले सोच्न, बोल्न र गर्न नसक्ने नेतृत्व रहुन्जेल पार्टी उभो नलाग्ने तर्क गरे । अब नेताले हैन कार्यकर्ताले नेतृत्वको मुल्यांकन गर्ने बेला आएको पौडेलले जनाए । “अब काँग्रेसले भाषण मात्र होइन्, ओरल्ली, मोरल्ली र पोल्टीकल्ली भइ जनताको घर दैलोमा जानुपर्छ” उनले भने ।
काँग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीले बुढा र पुरानो नेतृत्वहरुका कारण पार्टी नेतृत्व ठिक ढंगले चल्न नसकेको भन्दै विगतका कमजोरीलाई आत्मसमिक्षा गर्दै नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण हुनपर्नेमा जोड दिए ।
प्रतिक्रिया