Logo

राजनीति

नेकपाको सचिवालय बैठक स्थगित, १६ गते पुन: बस्ने 



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैढक आजलाई स्थगित भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठकमा कार्यकारी अध्यक्ष पूष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावको जवाफ दिएपछि आउँदो १६ गते बस्ने गरी सचिवालय बैठक स्थगित भएको हो ।

विस्तृत कुरा आउँन बाँकी रहे पनि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले अर्को बैठक १६ गते बस्ने भनी सामाजिक सञ्जालबाट जानकारी दिएका छन् । उक्त बैठक १ बजे बस्ने सहमति भएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार  ३ : १७ बजे