Logo

राजनीति

नेकपाभित्रको विवाद सचिवालयले नमिलाए स्थायी कमिटीले निर्णय लिन्छ : मन्त्री भट्टराई



संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र जारी विवाद सचिवालय बैठकले किनारा लगाउन नसके स्थायी कमिटी बैठकले निर्मम निर्णय गर्ने बताएका छन् ।

नेकपा फुटेको खण्डमा देशको भाग्य नै फुट्ने दावी गर्दै मन्त्री भट्टराईले अध्यक्षद्वयले पाटी व्यवस्थापन गरेर लैजानेमा विश्वास व्यक्त गरे ।

झापाको बिर्तामोडमा शनिबार सिद्धार्थ होटल ग्रान्ड सिटीको उद्घाटन कार्यक्रममा नेकपा स्थायी समिति सदस्य समेत रहेका मन्त्री भट्टराईले सबै कुरा नमिलाई हतारमा पार्टी एकता गर्दा अहिलेको नकारात्मक परिणाम आएको बताएका छन्  ।

उनले सतारुढ नेकपा फुट्दा पार्टी र नेता मात्र नफुटेर देशको भाग्यसमेत फुट्ने चिन्ता भन्दै नेकपा फुट्नेवित्तिकै चरमपन्थी, अतिवादी र उग्रवामपन्थीहरु सल्बलाउने धारणा राखेका छन्  ।

‘यदि नेकपा तलमाथि भयो भने संविधान च्यात्नेहरुको हौसला बढ्छ’ उनले भने , ‘पहाडे-मधिशे, पूर्व-पश्चिमको आगो बल्न सक्छ र देशमा अराजकताको खतरा हुनसक्छ ।’ यो संकटलाई नेकपाले पार लगाउँदै त्यसपछि तीव्र गतिमा अगाडि बढ्ने बिश्वास उनको थियो ।

राजतन्त्रको नारा अगाडि सारेका राजावादीहरुलाई मरिसकेको भुतप्रेत र पिचासको संज्ञा दिदै नेकपा राष्ट्रिय एकताको पार्टी भएकाले त्यस्ता अतिवादी शक्तिलाई आउन नदिने मन्त्री भट्टराईले सचेत गराएका छन् ।

प्रकाशित मिति : मंसिर १३, २०७७ शनिबार  ७ : ०७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।