Logo

प्रमुख समाचार

“प्रधामन्त्री ज्यु सेनालाई आफ्नो अधिनमा राख्ने कुरा संविधान विपरित छ विचार गर्नुहोस् : शशांक कोइराला



नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले अहिलेको राजनीतिक परिवेशमा कुनै पनि समुहसँग बार्ता गर्नु पर्ने सरकारको दायित्व भएको बताएका छन । अहिलेको परिवेशमा समास्याका समाधान गर्ने उत्तम उपाय बार्ता भएको बताउँदै विभिन्न अन्दोलनरत कुनै पनि समुहहरुसँग बार्ता गरि राजनीतिको मुल धारमा ल्याउनु पर्ने अवश्यकता भएको बताए छन् ।

नेपाल प्रेस युनियन जिल्ला शाखा बर्दियाले गुलरियामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले असन्तुष्ट समुहहरुलाई सरकारले आतंककारी घोषणा गरि दमनकारी भन्नाले यो राष्ट्र झन संघर्ष तर्फ जाने भएको हुँदा कुनै पनि समुह सँग बार्ता गर्नु पर्ने सरकारको दायित्व भएको बताएका हुन ।

नेपाली कांग्रेसले प्रतिपक्षको भमिका शसक्त रुपमा प्रस्तुत गर्न नसकेको केहि पत्रकारहरुले टिप्पणी गरि भन्दै उनले भने “बन्द गर्नु हडताल गर्नु आगजानी गरौं बन्द गरौं त्यो हाम्रो चरित्र होइन कम्युनिष्टले भनेको समृद्ध नेपाल भनेका छन हामी पनि नेपाल समृद्ध हुनु पर्छ यसम हामीले टेवा गर्न चाहन्छौं । ” उनले थपे “यसमा हामी कुनै अरोह अवरोध गर्न चाँहदैनौं । ”

नेपाली कांग्रेस भित्र देखिएको गुट उपगुटको द्धन्द हुनुपर्ने आफनो धारण रहेको बताए । यसको समाधान आउँदो अधिवेशनपछि यसको समास्या समाधान गरि नेपाली कांग्रेस राष्टको पहिलो पार्टी बन्नु पर्ने बताए ।

प्रधानमन्त्रीले अहिले नेपाली सेनालाई आफनो मातहतमा राख्ने कुरा आएको छ यसमा पार्टीको धारणा के छ भन्ने संचारकर्मीको प्रशनको जवाफ दिदै उनले भने “प्रधामन्त्री ज्युले नेपाली सेनालाई आफ्नो अधिनमा राख्ने जुन कुरा भइराछ त्यो संविधान विपरित हो । सेना यस्तो अंग हो जुन स्वातन्त्र हुनु पर्छ सेनामा हस्तक्षप हुनु हुँदैन । ”

उनले अहिले दुवै पाटी मिलेर सवै संयन्त्रलाई कब्जा गर्न खोजेको आरोप लगाए । यस्तो प्रवृतीले लोकतन्त्र कमजोर हुने कोइरालाको भनाई थियो । बर्दियाको गुलरियामा निमार्ण गरिएको “कृष्ण दिव्या स्मृती” भवन उद्घाटन गर्न बर्दिया सदरमुकाम गुलरिया आइपुगेका हुन ।

प्रकाशित मिति : चैत्र १०, २०७५ आईतबार  १ : ०६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।