Logo

प्रमुख समाचार

योगेशलाई सञ्चारमन्त्री, बाँस्कोटाको पर्यटनमा सरूवा, मातृका आउट, अरु को कहाँ ?



पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) श्रीमतीको उपचार गराउन अमेरिका रहेकै बेला प्रधानमन्त्री केपी ओलीले मन्त्रीपरिषदमा व्यापक हेरफेर गर्न लागेका छन् ।

नयाँ मन्त्री नियुक्तिदेखि साविकका विभागीय मन्त्रीको सरूवा र बिदाइसम्मका योजना ठिक्क पारेर राखेका ओलीले दाहाल फर्कनासाथ त्यसलाई मूर्तरूप दिने तयारी गरेको सत्ताधारी नेकपाका एक नेताले जानकारी दिए ।

जिताउने काम तपाइँहरूको, मन्त्री बनाउने जिम्मा मेरो भन्दै चुनावमा ताप्लेजुङबासीलाई मख्ख पारेका ओलीले सरकार गठनमा योगेश भट्टराईलाई जिल्याइदिएका थिए । यो पटक भने भट्टराईलाई मन्त्री बनाएर ताप्लेजुङबासीलाई ढाँटेको दोष मेट्न ओली तयार भएका छन् ।

स्रोतका अनुसार अब सञ्चार मन्त्रालयको जिम्मा योगेश भट्टराईलाई दिइने भएको छ भने हालका बहालवाला मन्त्री गोकुल बाँस्कोटा पर्यटन, संस्कृति तथा नागरिक उड्ययन मन्त्रालयमा सरूवा हुँदैछन् । विभागीय मन्त्री रविन्द्र अधिकारी ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा परि दिवंगत भएपछि यो मन्त्रालयमा मन्त्रीपद रिक्त छ ।

अर्का मन्त्री मातृका यादव चाहिँ अब मन्त्रीपरिषदबाट बाहिरिनेछन् । व्यक्तिगत स्वार्थका लागि क्याबिनेटमै बबण्डर मच्चाउनेदेखि उद्योगीरव्यापारीको स्वार्थमा काम गरेको जस्ता आरोप खेपिरहेका यादवलाई मन्त्रीपदबाट हटाउन लागिएको हो । उनको स्थानमा सोमप्रसाद पाण्डेलाई ल्याइँदैछ ।

प्रकाशित मिति : चैत्र ११, २०७५ सोमबार  १ : १९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।