Logo

राजनीति

पार्टी भन्दा ‘ठूलो’ नेता हुन खोज्ने प्रवृति देखियो : नेता नेपाल, बैठक बसेर मात्रै सहमति खोज्नुपर्छ



सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बरिष्ठ नेता माधब कुमार नेपालले पार्टी भन्दा ठूलो नेता हुन खोज्ने प्रवृति देखिएको बताएका छन् ।

आज (शनिबार)को सचिवालय बैठकमा नेता नेपालले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै पार्टी भन्दा ठूलो नेता हुन खोज्ने प्रवृति देखिएको भन्दै पार्टीभन्दा ठूलो कोहीपनि हुन नसक्ने बताएको छ।

उनले भनेको छ, ‘पार्टी भन्दा ठूलो को हो ? आफूलाई आफैले ठूलो भन्ने ? यस्तो पनि कम्युस्टि पार्टीमा हुन्छ, हुनै सक्दैन । त्यसैले सबैले पार्टीको निर्णय मान्नुपर्छ ।’

यसैका साथै उनले विधि विधान र पद्धतिअनुसार पार्टी चल्नुपर्ने र यसमा कसैले पनि ‘हुदैन’ भन्न नमिल्ने पनि बताए ।यसैबीच पार्टीका उपाध्यक्ष बामदेव गौतमले पार्टीमा बैठक बोलाउन पाँच जना नेताहरुले बैठकको माग गर्दा पनि तोक आदेश गरिएको बताए । त्यस्तै, उनले एक जना सचिवालय सदस्यले बैठकको माग गरेपनि बस्नुपर्ने बताए।

बैठक बसेर र छलफल गरेर मात्रै सहमति खोज्नुपर्ने बताउँदै सचिवालय सदस्यले बोलाएपनि, कुनै एक अध्यक्ष जसले बोलाएपनि बैठक बस्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : मंसिर १३, २०७७ शनिबार  ११ : १६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।