Logo

प्रमुख समाचार

कांग्रेसका लागि रमेश लेखकले गरे यस्तो घोषणा, अब कम्युनिस्ट मुक्त देश बनाउने



नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री रमेश लेखकले कम्युनिस्ट मुक्त नेपालको नेतृत्व नेपाली कांग्रेसले गर्ने बताएका छन् ।नेपाली कांग्रेस जिल्ला कार्यसमिति बैतडीद्वारा डिलासैनी गाँउपालिकामा आइतबार आयोजित अन्तरक्रिया कार्यक्रममा लेखकले देशलाई कम्युनिस्ट मुक्त बनाउनुपर्ने बताएका हुन् ।

कांग्रेस केन्द्रीय सदस्य लेखकले नेपाली कांग्रेसको नेतृत्वमा राणा शासन, निरंकुश पञ्चायत, राजाको प्रत्यक्ष शासन र १० वर्षसम्म माओवादीको हत्या, हिंसा र आतंकको अन्त्यको नेतृत्व गरी गणतन्त्र स्थापना गरेकाले अब नेपालबाट कम्युनिस्ट मुक्त नेपालको नेतृत्व पनि कांग्रेसले नै गर्ने बताए ।

कम्युनिस्ट सरकार आफ्नै कारणले ढल्ने बताउँदै कांग्रेस केन्द्रीय सदस्य लेखकले भने, ‘सरकारले जनता समक्ष बोलेका झुठ्ठा कुराप्रति जनता निराश र कामकारबाहीप्रति सतारुढ पार्टीभित्र नै असन्तुष्टि बढेको छ ।’‘कम्युनिस्टहरूलाई संघीयता र गणतन्त्र आन्दोलनबाट आउँछ भन्ने कुरामा विश्वास नै थिएन’, उनले भने ।

जिल्ला कार्य समिति सभापति नेरेन्द्रसिंह थापाले कम्युनिष्ट सरकार संघीयता बिरोधी रहेको बताए ।उनले २०६२–६३ मा बिस्तृत शान्ति सम्झौतामा एमालेका नेताहरूको घरमा गएर हस्ताक्षर गराएको स्मरण गरे ।

पूर्व राज्यमन्त्री नरबहादुर चन्दले सुदृढ र एकताबद्ध कांग्रेसले मात्र कम्युनिस्ट सरकारबाट निरास जनतालाई आशावादी बनाउन सकिने बताए ।उनले वर्तमान सरकारबाट संविधान असुरक्षित रहेको र सरकारका गतिविधि संविधान विपरितका गतिविधि बढ्दै गएकाले संघीयता नै जोखिममा रहेको बताए ।

प्रकाशित मिति : चैत्र ११, २०७५ सोमबार  २ : २५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।