Logo

राजनीति

महाधिवेशनको मिति सार्ने कांग्रेसको तयारी



महिनौं अघिदेखि महाधिवेशनको रस्साकस्सीमा होमिएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले १४औं महाधिवेशनको मिति सार्ने तयारी गरेको छ । कोरोना भाइरसको महामारी बढ्दो क्रममा रहेकाले निर्धारित मितिमा १४औं महाधिवेशन गर्न असम्भव रहेको भन्दै मिति सार्ने र कार्यसमितिको म्याद थप गर्ने तयारीमा लागेको हो ।

तर, पार्टीभित्रकै केही नेताहरुले भने तोकिएकै मितिमा महाधिवेशन गर्नुपर्ने अडान राख्नै मिति सार्न नहनुने दबाब दिँदै आएको बताइएको छ । कांग्रेसले आगामी फागुन ७ गतेदेखि १० गतेसम्म काठमाडौंमा १४औं महाधिवेशन गर्ने कार्यतालिका निर्धारण गरेको छ ।

काठमाडौंमा तीब्र रुपमा कोरोना बढेपछि गगनसहितका सांसदहरूलाई निद्रा लागेन

 काठमाडौं उपत्यकामा कोरोनाभाइरसको संक्रमण तीब्र रुपमा बढिरहेका बेला गगन थापासहितका प्रतिनिधि सभाका सांसदहरूले सरकारलाई राय सुझाव दिनका लागि संसदस्य समिति बनाउन माग गरेका छन् ।

नेपाली कांग्रेसका सांसद एवम् कार्यक्रम संयोजक भीमसेनदास प्रधान नेतृत्वमा संसद सचिवालय पुगेका काठमाडौंका सांसदहरूले सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर संसदीय समिति बनाउन माग गरेका हुन् ।

काठमाडौंका २० जना सांसदले कोरोनाभाइरस महामारीको अवस्था र प्रभाव अनुगमन गरी सरकारलाई राय सुझावदिन संसदीय समिति गठन गर्न सभामुखको ध्यानाकर्षण गराएका छन् ।

कांग्रेस र नेकपाका सांसदहरूले कोभिड १९ को कारणले दैनिक ज्यालादारी मजदुर, उद्योग धन्दा, शैक्षिक संस्था तथा सर्वसाधारणमा परेको असरको अनुगमन गर्ने गरी संसदीय समिति गठन गर्न उपयुक्त हुने बताएका छन् ।

समिमितले कोरोना नियन्त्रण तथा रोकथाममा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसहितको समस्या र तिनको व्यवस्थापनमा देखिएका बेथितीको अनुगमन गरी सरकारलाई राय सुझाव दिने सांसदहरूको भनाइ छ ।

सांसदहरूले आर्थिक वर्ष २०७६–७७ को स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममा विनियोजित बाँकी रकम र आर्थिक वर्ष ०७७–०७८ को रकम मध्येबाट प्रत्येक निर्वाचन क्षेत्रमा आइसोलेसन वार्ड बनाउने प्रस्ताव पनि गरेका छन् ।

काठमाडौंबाट प्रत्यक्ष र समानुपतिक गरी २० जना सांसदले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्छन् । नेकपाका माधवकुमार नेपाल, शशि श्रेष्ठ, कृष्णगोपाल श्रेष्ठ, जीवनराम श्रेष्ठ, कृष्ण राई, विन्दा पाण्डे, रामकुमारी झाँक्री, सरिता न्यौपाने, विना श्रेष्ठ, अञ्जना विशंखे, मायादेवी न्यौपाने, मुकुन्द न्यौपाने र सुजिता शाक्य रहेका छन् ।

नेपाली कांग्रेसका प्रकाशमान सिंह, गगन थापा, राजेन्द्र केसी, दीव्यमणि राजभण्डारी र भीमसेनदास प्रधान रहेका छन् । जनता समाजवादी पार्टीका सांसद राजेन्द्र श्रेष्ठ र रेनुका गुरुङ पनि रहेका छन् ।

सांसदहरूले सरकारले कोरोना रोकथाममा काम गर्न नसकेको आरोप समेत लगाएका छन् । संसदीय समिति बनाएर कोरोना रोकथाम र नियन्त्रणमा दवाव दिन कांग्रेस, नेकपा र जसपाका सांसदहरूले पहल गरेका हुन् । संसदीय समिति बन्यो भने कम्युनिस्ट सरकारलाई तनाब हुनेछ ।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार  ६ : ३४ बजे