Logo

डर्टमन्ड आफ्नै घरेलु मैदानमा पराजित



जर्मन बुन्डेस लिगा फुटबलमा बोरोसिया डर्टमन्ड पराजित भएको छ । आइतबार भएको खेलमा डर्टमन्ड एफसी क्लोनसँग २-१ गोल अन्तरले पराजित भएको हो ।

डर्टमन्डको घरेलु मैदानमा भएको खेलमा क्लोनलाई जित दिलाउन इलेस सिकिरले दुई गोल गरे । उता डर्टमन्डका लागि थोर्गान हजार्डले एक गोल गरे ।

खेलको ९ औँ मिनेटमा सिकिरले गोल गर्दै टिमलाई अग्रता दिलाए । पहिलो हाफमा एक गोल गरेको सिकिरले दोस्रो हाफमा थप एक गोल गरे ।

७४औं मिनेटमा डर्टमन्डका लागि हजार्डले गोल गरे पनि टिमको हार टार्न भने सेकनन् । पराजित भएसँगै डर्टमन्डले ९ खेलबाट २० अंक जोडेको छ । पराजित क्लोन ९ खेलबाट ६ अंकसहित तालिकाको १५औं स्थानमा छ ।

प्रकाशित : १४ मंसिर २०७७, आइतबार