ने.बि.संघ नेता प्रभात सिंहले नेविसंघ जिल्ला पर्साको कार्यसमिति बैठकले पर्साका सम्पुर्ण पालिकाको संयोजक तोकेको कुरालाई समर्थन गर्दै सम्पुर्ण नव – नियुक्त पालिका संयोजकहरुलाई बधाई तथा शुभकमना दिइएका छन् ।
नेता सिंहको भनाइ अनुसार सम्पुर्ण संयोजकहरु ने.बि.संघका असल तथा इमान्दार नेता हुन र वहाँ हरुलाई नेविसंघको विधान २०२७ को छैठो संशोसन २०७३ बमोजिम गाउँपालिका, नगरपालिका र महानगरपालिकाको जिम्मेवारी दिइएको छ ।
जिम्मेवारी पाउनेमा विरगंज महानगरपालिकाको संयोजकमा विवेक गुप्ता, पोखरिया नगरपालिका संयोजकमा संतोष महतो, पर्सागढी नगरपालिकामा मन्जीया मिश्रा, बहुदरमाई नगरपालिकाको संयोजकमा ललन सहनी, बिन्दावासीनी गाउँपालिकामा मुनराज तिवारी, धोबिनी गाउँपालिकामा विकास पटेल, सुमीर पाण्डे पकाहामैनपुर गाउँपालिका, जितेन्द्र मिश्रा छिप्रहरमाइ गाउँपालिका र अब्दुल कयुमलाई जगरनाथ गाउँपालिकाको संयोजक तोकिएको छ ।
नेता सिंहले सम्पुर्ण पालिका संयोजकहरु लाई ने.बि. संघको बिधान अनुसार संगठनलाई अझ बलियो बनाउने र बिद्यार्थी को हकहितमा काम गर्ने अनुरोध पनि गरेका छन्।
प्रतिक्रिया