Logo

प्रमुख समाचार

‘काङ्ग्रेसलाई तराई मधेशले जन्माएको हो’ : वरिष्ठ नेता रामचन्द्र पौडेल



नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काङ्ग्रेसलाई तराई मधेशले नै जन्माएको बताएका छन् । धनुषाको शहीद नगर नगरपालिकामा आज आयोजित सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले तराई काङ्ग्रेसको प्राण भएकाले आगामी दिनमा उक्त सम्बन्ध अझ प्रगाढ बनेर जाने बताए ।

उनले वर्तमान सरकार र मधेशवादी दल मधेश विरोधी भएको आरोप लगाए । वर्तमान सरकार ‘समृद्ध नेपाल र सुखी नेपाली’ नारामै सीमित भएको नेता पौडेलको भनाइ थियो ।

“अहिले समृद्ध मधेश बनाउन पानी जहाज होइन सिँचाइको आवश्यकता छ । मधेशलाई बचाउन चुरे संरक्षण आवश्यक छ”, उनले भने ।

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार १७:१७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।