सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को हिजो बसेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सच्चिनेगरि प्रस्तुत नभएको भन्दै कडा आलोचना गरेका छन् । बैठकमा दाहालले भनेको कुरा उद्धृत गर्दै स्रोतले भन्यो,‘पार्टी एकता बलियो र मजबुद बनाउनको लागि हामीले आग्रह गरेको हो ।
तर, तपाईँ पूर्वाग्रही किन हुनुभयो रु तपाईँ सच्चिनुको सट्टा असन्तुष्टि पोख्नुभयो रु आज पनि बैठकमा तपाईँ पार्टी फुटाउने निर्णयका साथ आउनुभयो । यो गलत भयो । अझैपनि सच्चिन पहल गर्नुभएन ।’ त्यस्तै, वरिष्ठ नेता माधव कुमार नेपालले पनि ओलीलाई सच्चिने कुनै संकेत नदिएको आरोप लगाएका थिए ।
आजको बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले ३८ पृष्ठ लामो राजनीतिक प्रस्ताव पेश गरेका छन् । जसमा उनले यसअघि कार्तिक २८ गतेको सचिवालय बैठकमा अध्यक्ष दाहालले पेश गरेको राजनीतिक प्रतिवेदन खारेजीको माग गरेका छन् । नेकपाको सचिवालय बैठक अब मंसिर १६ गते दिउँसो १ बजे बस्ने तय भएको छ ।





















प्रतिक्रिया