नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रदेश नम्बर २ को कमिटीले बारामा हुरीका कारण मृत्यु हुनेको परिवारलाई १० लाख राहत दिन माग गरेको छ । केहीबेर अघि विज्ञप्ति जारी गर्दे नेकपाका प्रदेश अध्यक्ष प्रभु शाहले मृतकको परिवारलाई १० लाख राहत दिन सरकारसँग माग गरेका हुन ।
उनले घाइतेहरूको निशुल्क उपचारको व्यवस्था र कृषि बालीमा पुगेको क्षतिको क्षतिपूर्ति दिलाउन समेत माग गरेका छन ।
शाहले हुरीका कारण भत्किएका घरहरू निर्माण गरिदिन समेत सरकारलाई आग्रह गरेका छन । हुरी पीडितको राहत र उद्धारामा गएराति देखि नै नेकपाका नेता कार्यकर्ता खटिएका छन ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले हिजै सम्पूर्ण पार्टीपंक्तिलाई राहत र उद्धारमा लाग्न अपिल गरेका थिए ।





















प्रतिक्रिया