Logo

अस्ट्रेलियाद्वारा भारतसामु ३९० रनको बिशाल लक्ष्य प्रस्तुत



निर्मल लामिछाने।

अस्ट्रेलिया भ्रमणमा रहेको पाहुना टोली भारतले आज दोस्रो ओडीआई खेलिरहेको छ । 

सिड्नी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको अस्ट्रेलियाले  निर्धारित ५० ओभरमा ४ विकेटको क्षतिमा ३८९ रन बनाएको छ । अष्ट्रेलियाका लागि ओपनर कप्तान आरोन फिन्च ६०, डेभिड वार्नर ८३, स्मिथ १०४, मार्नुस लोबुसाने ७०, ग्लेन म्यक्सोल ६३, र हेन्रिकिजले २ रनको पारि खेलेका थिए । 

त्यस्तै भारतको बलिङतर्फ रबिन्द्र जडेजाले १० ओभरमा ६० रन खर्चिदै १ विकेट हात पारे भने, महमद शामी, बुम्राह र हार्दिक पाण्डेको नाममा पनि समान एक/एक विकेट रह्यो । 

३९० रनको बिजयी लक्ष्य लिएर अबको केहीबेरमा भारत जबाफी ब्याटिङमा उत्रदैछ । भारतको टिममा शिखर धवन, मयंक अग्रवाल, विराट कोहली (कप्तान), श्रेयस ऐर, लोकेश राहुल (विकेटकिपर), हार्दिक पान्ड्या, रविन्द्र जडेजा, मोहम्मद शामी, युजभेन्द्र चहल, जस्प्रित बुमराह र नवदीप सैनी रहेका छन् ।  

यसघि भएको पहिलो खेलमा अष्ट्रेलिया ६६ रनले विजयी भएको थियो । आजको खेलमा विजयी भएमा अष्ट्रेलियाले सिरिज एक खेल अगावै जित्ने छ भने प्रतियोगितामा भारतलाई आजको खेल जित्नै पर्ने दबाब रहेको छ ।

प्रकाशित मिति : मंसिर १४, २०७७ आईतबार  १ : १७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।