Logo

समाचार

उत्तर कोरियाले कोरोनाविरुद्धको नियम पालना नगर्ने दुई सरकारी अधिकारीलाई मृत्युदण्डको सजाय दियो



विश्वमा कडा नियम भएको देश हो उत्तर कोरिया । यसै सन्दर्भमा उत्तर कोरियाले कोरोनाविरुद्धको नियम पालना नगर्ने दुई सरकारी अधिकारीलाई मृत्युदण्डको सजाय दिएको छ ।

कोरोना महामारिको प्रकोपबीच चीनको सीमाबाट सामान निर्यात नगर्ने सरकारको निर्णयविरुद्ध काम गरेपछि दुई सरकारी अधिकारीहरुलाई मृत्युदण्ड दिइएको समाचार संस्था एपीले जनाएको छ ।

उत्तर कोरियाले विभिन्न क्षेत्रमा लकडाउन कायम राखिराखेको छ भने त्यहाँका नदीहरुमा माछा मार्न समेत प्रतिबन्ध लगाइएको  छ ।

प्रकाशित मिति : १४ मंसिर २०७७, आईतवार १६:१६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।