Logo

प्रमुख समाचार

रिहा भएलगत्तै विप्लव नेतृत्वको नेकपाका जिल्ला नेताले पार्टी छोडे



सल्यानमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका दुई जना कार्यकर्ता रिहा भएका छन् । झण्डै २० दिन अघि पक्राउ परेका उनीहरु धरौटीमा रिहा भएका हुन् । रिहा हुनेमा नेकपाका जिल्ला सदस्य तथा अखिल क्रान्तिकारी सल्यानका उपाध्यक्ष भिम वली र पार्टीको भातृ संगठन युवा संगठनका जिल्ला सचिव खुम केसी रहेका छन् ।

केसीलाई एक लाख धरौटीमा रिहा गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका निमित्त प्रमुख इनिस्पेक्टर पञ्चलाल गोलेले बताउनुभयो । यस्तै वली १० हजार धरौटीमा रिहा भएका हुन् । दुवैलाई जिल्ला अस्पताल सल्यानमा स्वास्थ्य जाँच गरी रिहा गराइएको हो ।

रिहा भएलगत्तै जिल्ला सदस्यले गरे पार्टी परित्याग

यसैबीच रिहा भए लगत्तै रिहा हुनेमा नेकपाका जिल्ला सदस्य तथा अखिल क्रान्तिकारी सल्यानका उपाध्यक्ष भिम वली पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

औषधि व्यवसायीसमेत रहेका वलीले आफ्नो व्यवसाय र पारिवारिक अवस्थाका कारण पार्टी परित्याग गरेको पत्रकार सम्मेलन गरी जानकारी दिए। ‘अबदेखि पार्टीको काम गर्दिनँ’, उनले भने, ‘अब स्वतन्त्र भएर बस्छु । ’विप्लव नेतृत्वको नेकपाका जिल्लामा पक्राउ परेका ५ जनामध्ये ३ जना भने अझै रिहा भएका छैनन् ।

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहीबार १५:३२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।