नेपाल उद्योग वाणिज्य महासंघको विशिष्ट सदस्यमा पशुपति मुरारका चयन हुनुभएको छ । आइतबार (आज) नवनियुक्त अध्यक्ष शेखर गोल्छाको अध्यक्षतामा बसेको पहिलो कार्यकारीणी समितिको बैठकले मुरारकालाई विशिष्ट सदस्य मनोनित गर्ने निर्णय गरेको हो ।
यसअघि महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकाल विशिष्ट सदस्य हुनुहुन्थ्यो । त्यस्तै, केन्द्रीय कार्यकारिणी समितिमा प्रदेश १ का अध्यक्ष नरेश खड्कालाई पनि मनोनित गरिएको छ ।
यसैबीच महासंघको आजको बैठकले मानार्थ सदस्यमा किशोर प्रधानलाई मनोनित गर्ने निर्णय गरेको छ । प्रधान वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालसँग पराजित भएका थिए ।कोषाध्यक्ष चयनका लागि भोलि (सोमबार) कार्यसमितिभित्र मतदान गर्ने निर्णय भएको बताइएको छ ।




















प्रतिक्रिया