Logo

राष्ट्रिय क्रिकेट टोलीको सहायक प्रशिक्षकमा ‘कटवाल’लाई जिम्मेवारी: क्यान



राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणलाई नेपाल क्रिकेट क्रिकेट संघ (क्यान) ले सहायक प्रशिक्षकमा पूर्व क्रिकेटर मनोज कटवाललाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

आगामी अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितालाई मध्यनजर गर्दै क्यानले बिहिबार देखि बन्द प्रशिक्षण थालेको छ । प्रमुख प्रशिक्षकमा जगत टमटा रहँदा सहायक प्रशिक्षकमा नेपाल पुलिस क्लबका मुख्य प्रशिक्षक समेत रहेका राष्ट्रिय क्रिकेट टोलीका पूर्व क्रिकेटर कटवाललाई जिम्मेवारी दिइएको क्यानले  बताएको छ  ।

क्यानले बन्द प्रशिक्षणमा सुरुमा २२ र पछि थप पाँच गरि कुल २७ जनालाई प्रशिक्षणमा बोलाएको छ । 

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार १०:४८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।