Logo

प्रमुख समाचार

सरकार विरुद्ध आन्दोलन चर्काउने बेला आयो : कांग्रेस सभापति देउवा



संसदको प्रमुख प्रतिपक्षमा रहेको दल नेपाली कांग्रेसका सभापति एबम पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीको सरकार विरुद्ध आन्दोलन चर्काउने बेला आएको बताएका छन्।

नेपाली कांग्रेस सार्दीखोला इकाईद्वारा निर्मित बिपी स्मृति भवनको शुक्रबार उद्घाटनपछि सभापति देउवाले वर्तमान सरकारका कारण आम नागरिकले दुख पाएको समेत बताए।

‘यो सरकार आएपछि देशमा हत्या, हिंसा र बलात्कारका घटना भइरहेका छन्। तर सरकार अपराधीलाई कारवाही गर्दैन,’ नेता देउवाले भने। उनले सरकार लाचार बनेको भन्दै अब कांग्रेसले खवरदारी गर्ने बताए। पार्टी भित्रका मनमुटाव हटाउँदै पार्टीलाई संगठित पार्ने काममा पनि आफू लागि परेको उनले दाबी गरे।

केन्द्रीय सदस्य धनराज गुरुङले बालुवाटारको जग्गा समेत हडप्ने कम्युनिस्ट नेताहरु इतिहासमा कलंक सावित भएको टिप्पणि गरे। वर्तमान प्रधानमन्त्री ओली मिठो वोले पनि चरित्र र व्यवहार भ्रष्ट भएको आरोप लगाए।

इकाई सभापति गुञ्जमान गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य अर्जुन जोशी, कास्की सभापति कृष्ण केसी लगायतले बोलेका थिए।

उक्त भवन निर्माणको लागि पूर्वअध्यक्ष आशबहादुर गुरुङले ८ आना जग्गा दिएका थिए। करिब ९० लाखको लागतमा सो भवन तयार भएको गाउँ इकाइका अध्यक्ष गुञ्जमान गुरुङले जानकारी दिए। भवनमा सभाहल सहित ४ कोठा छन्।

प्रकाशित मिति : ६ बैशाख २०७६, शुक्रबार १५:३७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।