कुमारी बैंक लिमिटेडको बोनस शेयरमा मूल्य समायोजन भएको छ । बैंकको १०.८५ प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता २७३ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हो । नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य ३०३ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
बैंकको मंसिर ५ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको बीसौँ वार्षिक साधारण सभा मंसिर २९ गते, सोमबार, बैंकको रजिष्टर्ड कार्यालय, टङ्गाल, काठमाडौँमा बिहान ११ः३० बजेबाट सुरू हुनेछ ।
त्यस्तै रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको बोनस शेयरमा मूल्य समायोजन भएको छ ।
कम्पनीको ५ प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता १६८ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हो । नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य १७६ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
साल्ट ट्रेडिङ्ग कर्पोरेशनको २५ प्रतिशत बोनस शेयर समायोजन गरी कम्पनीको शेयरमूल्य ६ हजार रुपैयाँ तोकेको छ । आइतबार कम्पनीको शेयर ७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । साल्ट ट्रेडिङ्गले २५ प्रतिशत बोनस तथा १० प्रतिशत नगद लाभांश गरी कुल ३५ प्रतिशत लाभांश प्रस्ताव सहित मंसिर ३० गते साधारण सभा डाकेको छ ।





















प्रतिक्रिया